spot_img

अपहरणको नाटक गरी परिवारसँग २० लाख फिरौती माग गर्ने ३१ वर्षीय युवक पक्राउ

spot_img

काठमाडौँ- सप्तरी प्रहरीले आफ्नै अपहरणको नाटक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती मागी पक्राउ पर्नेमा सप्तरीको राजगढ-३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।

विभागका अनुसार उनले असार १ गते परिवारलाई मनि ट्रान्सफरबाट रकम पठाउँछु भनी डेराबाट हिँडेको र पछि मोबाइल स्विच अफ गरी परिवारलाई फिरौती रकम माग्न अपहरणको नाटक गरेको प्रहरीको भनाइ छ ।

उनले अपहरणको नाटक गरेर आफ्नै सालोसँगको २० लाख रुपैयाँ फिरौती मागेका थिए । शर्माविरुद्ध प्रहरीले सार्वजनिक उपद्रयाईं गर्न नहुने कसुर अन्तर्गत थप अनुसन्धान गरिरहेको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img