spot_img

अरिङ्गालले टोकेर एकजनाको ज्यान गयाे

spot_img

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले टोकेर एकजनाको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् ।

सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते हुनुभएको थियो । उहाँको गण्डकी अस्पतालमा उपचारका क्रममा आज ज्यान गएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

अरिङ्गालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img