spot_img

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : गगन थापा

spot_img

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रालयको सिसिटिभिको फुटेज नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका छन् ।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले करको दायरामाथि हेरफेर गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सिसिटिभिको फुटेज १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको जवाफमाथि प्रधानमन्त्रीले तत्काल एक्सनमा जानुपर्ने बताएका हुन् ।

उनले करको दायरा हेरफेरको विषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानविन गर्नुपर्ने धारणा राखे  ।

संसद्ले पारित गरेको बजेटको करको विषय सामान्य कुरा नभएको भन्दै उनले यसलाई छानविनबाटै निष्कर्षमा पुर्‍याउनुपर्ने जिकिर गरे ।

उनले  तीन महिनाको सिसिटिभिको फुटेज राख्नुपर्नेमा १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको भनाइले अनेक प्रश्न उठ्न थालेको बताए । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img