२६ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।

उनले आफूले ५२५ दिनसम्म नेपाली फुटबल टिमको प्रशिक्षक रहेको बताएका छन्। उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन्।






