spot_img

आकाशमा उडिरहेको जहाजमा एक्कासी आगो लागेपछि ….

spot_img

भारतमा आइतबार एउटा जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ।

आइतबार दिउँसो बिहारको पटनाबाट राजधानी दिल्लीका लागि उडेको स्पाइसजेटको जहाजमा टेकअफका बेला चरा ठोक्किएको थियो।  उडेको केहीबेरमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको हो।  

उडिरहेको जहाजको एकातिर धुँवाको मुस्लो आएको स्थानीयले देखेका थिए। उनीहरूले त्यसको भिडिओ पनि बनाएका थिए। 

स्पाइसजेटको बोइङ ७३७ जहाजमा १८५ यात्रु थिए। चालक दलका सदस्य र सबै यात्रु सकुशल रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। आगो लागेको इन्जिन बन्द गरेर पाइलटले जहाजलाई आकस्मिक अवतरण गराएका थिए। 

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img