spot_img

आगामी माघ ७ गते सभामुखको निर्वाचन गर्ने तयारी

spot_img

काठमाडौँ- प्रतिनिधि सभाको सभामुखको निर्वाचन आउँदो माघ ७ गते र उपसभामुखको ९ गते गर्ने तयारी गरिएको छ।

शुक्रबार बसेको सर्वदलीय बैठकमा उक्त मितिमा निर्वाचन गर्ने विषयमा समेत छलफल गरिएको बैठकमा सहभागी राप्रपाका सांसद ध्रुबबहादुर प्रधानले बताए।

मंसिर ४ गतेको निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ मा बोलाइएको छ। पहिलो बैठक सञ्चालनबारे संघीय संसद् भवन बानेश्वरमा शुक्रबार सर्वदलीय बैठक भएको हो।

सत्ता साझेदार दलमा सभामुख नेकपा एमाले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी वा माओवादी केन्द्रले लिने तय भएको छ। पुस २६ को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका छ। 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img