नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ ।
महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोकै मूल्यमा आज कारोबार हुने जानकारी दिएको हो । जसअनुसार,आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ ।
हिजो सोमबार छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो । यसैगरी, आज चाँदीको कारोबार मूल्य समेत स्थिर रहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ छ ।
हिजो समेत चाँदीको कारोबार मूल्य यही कायम थियो । महासंघका अनुसार आजसम्म लगातार ५ दिनसम्म सुनको मूल्य ९७ हजार रुपैयाँ आसपास तोकिएको छ ।