spot_img

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

spot_img

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्दैछ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची छ । 

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ र औषधि (तस्रो संशोधन)  विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्ने छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img