spot_img

आबेको निधनमा नेपालले भोली राष्ट्रिय शोक मनाउने

spot_img

काठमाण्डौ – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा नेपाल सरकारले भोलि शनिवार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । 

आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले आबेको निधनप्रति दुःख व्यक्त गर्दै शनिवार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । आबेमाथि भएको गोली प्रहारलाई नेपालले घोर भर्त्सना पनि गरेको छ ।  

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतले आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको थियो । 

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो ।  गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेको उपचारका क्रममा निधन भएको हो । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img