spot_img

आयोगको चेतावनी : चुनावको खर्च विवरण नबुझाउनेलाई कारबाही गर्ने

spot_img

काठमाण्डौ – निर्वाचन आयोगले पालिका चुनावको खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

आयोगले खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको विवरण तयार पारेर कारबाहीको सिफारिससहित आयोगमा पठाउन जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ र निर्वाचन नियमावली २०७३ अनुसारको ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ । 

विवरण नबुझाउने उम्मेदवारलाई सिफारिसका आधारमा कारबाही गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img