spot_img

एमालेका ३ नेता पक्राउ

spot_img

जनप्रतिनिधिलाई अभद्र व्यवहार गरेको आरोपमा नेकपा एमाले सोलुखुम्बुका जिल्ला कमिटि सदस्य र युवा संघका सचिव सहित ३ जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ परेको छ ।

गत जेठ १६ गते भएको सोताङ गाउँपालिकाको कार्यपालिका चु्नावमा अन्तरघात गरेको भन्दै वडा नम्बर २ का वडासदस्य दुर्गा प्रसाद राई र ४ का वडासदस्य सन्देश तामाङलाई कालोमोसो र जुत्ताको माला लगाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका सदस्य सोताङ गाउँपालिका ५ का ३६ बर्षीय धन बहादुर विश्वकर्मा, एमाले सम्बद्ध राष्ट्रिय युवा संघका जिल्ला कमिटी सचिव ३४ बर्षीय गणेश थापा र एमाले गाउँकमिटीका नेता ३५ बर्षीय एकराज बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरिक्षक ज्ञान बहादुर माझीले जानकारी दिए ।

उनका अनुसार उनीहरु तिनै जनालाई मंगलबार सोलुदुधकुण्ड नगरपालिका ७ जोरबौद्ध क्षेत्रबाट पक्राउ गरिएको हो । काठमाण्डौबाट सोलुखुम्बु आउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

घटना लगत्तै उनीहरु उपर अभद्र व्यवहार अन्तरगत मुद्धा दर्ता भएपछि उनीहरु तिनै जना फरार रहेका थिए । पक्राउ परेका उनीहरुलाई प्रहरीले आज ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img