spot_img

एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन पहल गर्न रास्वपाको माग

spot_img

काठमाडौँ । यसै वर्ष पाकिस्तानमा हुने भनिएको एसिया कप नेपालमा गराउन पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको छ। प्रधानमन्त्रीको भारत भ्रमणमा यस विषयमा  पहल गर्न पार्टीका महामन्त्री मुकुन ढकाल द्वार जारी बिज्ञाप्तिमा उल्लेख छ। 

मंगलवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईलाई पराजित गरी नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको र  यससँगै नेपाल एसिया कपका लागि छनोट हुन सफल भएकोमा  नेपाली क्रिकेट टिमलाई बधाई दिइएको छ। 

खेलाडीहरूको आजको प्रदर्शनले नेपालको प्रतिष्ठा बढाएको भन्दै  एसिया कपका समूह  चरणका खेलहरू नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसिसीसँग आजैदेखि पहल थाल्न र  प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गर्न अनुरोध गरेको छ। 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img