spot_img

एसीसी प्रिमियर कप : नेपाल समूह ‘ए’ मा

spot_img

वैशाख ५ देखि १८ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ । प्रतियोगिताका खेल टीयू र मूलपानी मैदानमा हुनेछन् ।
एसीसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ए मा परेको छ ।

प्रतियोगिताका विजेता टिम एसियाकपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीन स्थानमा रहने टिम एसिया इमर्जिङपका लागि छनोट हुनेछ ।

प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसहित ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’ मा यूएई हङकङ, कुवेत, सिंगापुर र बहराइन् छन्।

खेलतालिका

वैशाख ५ नेपाल भर्सेस मलेसिया, हङकङ भर्सेस सिंगापुर

वैशाख ६ यूएई भर्सेस कुवेत, ‌ओमन भर्सेस कतार

वैशाख ७ सिंगापुर भर्सेस बहराइन, मलेसिया भर्सेस साउदी

वैशाख ८ नेपाल भर्सेस ओमन, यूएई भर्सेस हङकङ

वैशाख ९ कतार भर्सेस साउदी, कुवेत भर्सेस बहराइन

वैशाख १० यूएई भर्सेस सिंगापुर, ओमन भर्सेस मलेसिया

वैशाख ११ हङकङ भर्सेस बहराइन, नेपाल भर्सेस साउदी

वैशाख १२ कुवेत भर्सेस सिंगापुर, कतार भर्सेस मलेसिया

वैशाख १३ ओमन भर्सेस साउदी, यूएई भर्सेस बहराइन

वैशाख १४ नेपाल भर्सेस कतार, हङकङ भर्सेस कुवेत

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img