spot_img

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज नेपाल र युएई भिड्ने

spot_img

एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्ने भएको छ ।

मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ ।

नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ ।

नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उप विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।  

यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो । 

यसअघि नेपालले समूह चरणमा  भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् ।

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img