spot_img

ओलीलाई भेट्न गृहमन्त्री र कानून मन्त्री बालकोट पुगे

spot_img

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन्।

केहीबेर अघि गृहमन्त्री र कानून मन्त्री ओली निवास बालकोटमा पुगेका हुन्। गृह मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार नागरिकता विधेयकबारे छलफल गर्न गृहमन्त्री र कानून मन्त्री ओलीलाई भेट्न निवास गएका हुन्।

सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ। दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने तयारी रहेको र सोही क्रममा प्रतिपक्षी दलका नेता ओलीसँग मन्त्रीहरूले भेटेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटकपटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। यसअघि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि नागरिकता विधेयकबारे छलफल गरेका थिए।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img