spot_img

करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

spot_img

गोरखामा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बूको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार हुकिङ गरी चोरी गरिएको विद्युत लाइन छुटाउन पोलमा चढ्दै गर्दा लिम्बूलाई करेन्ट लागेको हो।

ताप्लेजुङ स्थायी घर भएका उनलाई करेन्ट लागेपछि भुँइमा खसेका थिए। गम्भीर घाइते लिम्बूको उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img