spot_img

काठमाडौँमा एकै परिवारका चारजना मृत अवस्थामा भेटिए

spot_img

काठमाडौँ- काठमाडौँमा एकै परिवारका चारजना मृत अवस्थामा भेटिएको तार्केश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेको विषयमा फरेन्सिक डा.गोपाल चौधरीसहितको टोली अनुसन्धानमा खटिएको छ ।

सोमबार बिहान एकतले घरमा गोरखाको भिमसेनथापा– ६ अश्राङ स्थायी घर भई तार्केश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिक मृत अवस्थामा फेला परेका थिए ।

काठमाडौं प्रहरी परिसरबाट प्रहरी उपरीक्षकसहितको टोली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली, प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धानमा खटिएको छ ।

साथै अनुसन्धानमा त्रि.वि. शिक्षण अस्पतालबाट फोरेन्सिक डा. गोपाल चौधरी र डा.आयुष उपाध्यायसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img