spot_img

खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

spot_img

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि गरे । 

‘खोटाङको मात्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको छ’, अधिकारीले भने । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो ।  

मोरङ र खोटाङमा ठूलै धक्काको महसुस गरिएपनि अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले बताए । संयन्त्रमार्फत थप विवरण लिने काम भइरहेको उनले बताए । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img