spot_img

गायिका दिलमाया सुनारको हत्या आरोपित श्रेष्ठ जेल चलान

spot_img

काठमाण्डौ – लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या गरेको आरोप लागेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका खिलबहादुर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

काठमाण्डौ जिल्ला अदालतको आदेशमा श्रेष्ठ आज सोमवार केन्द्रीय कारागार चलान भएका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । सुनारको शव गएको असार ११ गते काठमाण्डौको तारेश्वर नगरपालिका नेपालटारको आफ्नै कोठामा भेटिएको थियो ।

सुरुमा हेर्दा घटना आत्महत्या जस्तो देखिए पनि अनुसन्धान गर्दै जाँदा सुनारको घाँटीमा डाम देखिएपछि प्रहरीले हत्या भएको आशङ्कामा सम्भावित आरोपीको खोजी गरेको थियो ।

अनुसन्धानका क्रममा सुनारको श्रीमान् भन्दै सातरआठ महिनादेखि उनीसँगै बस्ने सिन्धुपाल्चोकका खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको थियो ।

श्रेष्ठले बयानका क्रममा असार १० गते बेलुका ८ बजे सुनारको कोठामा गएर ११ गते बिहान ४ बजे सुनारको हत्या गरेर भागेको बताएको र अन्य प्रमाणका आधारमा प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय पठाएको थियो ।

सरकारी वकिलले दर्ता गराएको मुद्दामा हिजो आइतवार काठमाण्डौ जिल्ला अदालतले श्रेष्ठलाई पुर्पक्षका लागि केन्द्रीय कारागारमा पठाउने आदेश दिएको हो ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img