spot_img

गौशालामा भेटिए एउटै नम्बर प्लेटका दुई मोटरसाइकल

spot_img

काठमाडौं- काठमाडौंको गौशाला चोकमा एउटै नम्बरका दुई वटा मोटरसाइकल सँगै भेटिएका छन् । गौशालाको ट्राफिक जाममा भेटिएका एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकलको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अहिले मोटरसाइकलका सक्कली धनी प्रहरीको सम्पर्कमा आएका छन् । उनी अहिले सिंहदरबारको बग्गी खानामा छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका प्रवक्ता एसपी सञ्जीवदास शर्माका अनुसार सक्कली धनी प्रहरीको सम्पर्कमा आएका छन् । अर्का मोटरसाइकल सवारी चालकलाई प्रहरीले खोजी रहेको छ । 

प्रहरीका अनुसार सीसीटीभीबाट ट्रेसिङ गरिसकिएको छ । मोटरसाइकल छिट्टै नियन्त्रणमा लिने प्रवक्ता शर्माले बताउनुभयो । पानी परिरहेको समयमा आज बिहान गौशालाको जाममा बागमती प्रदेश ०२–०२२ प २३८० नम्बरका २ वटा मोटरसाइकल पाइएको हो । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img