spot_img

चन्द्रागिरि​मा २०० भन्दाबढी मानिस रोकिए

spot_img

केबलकार बिग्रँदा चन्द्रागिरि डाँडामा २०० भन्दाबढी मानिस रोकिएका छन् । केबुलकारमा प्रविधिक समस्या आएपछि मानिस रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

चन्द्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिरमा घुम्न गएका थिए । उनीहरुलाई प्रहरीले जीप, ट्रक, बसमार्फत उद्धार गर्न सुरु गरिएको एसपी मैनालीले बताए ।

केहीलाई जेनेरेटर चलाएर केबलकार सञ्चालन गरी उद्धार गरिएको थियो । यस्तै, बुधबार दिउँसो राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना परिवारसहित चन्द्रागिरी पुगेका थिए । उनी पनि केबलकार बिग्रिएपछि एक घण्टासम्म रोकिएका थिए ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img