spot_img

चिप्लिएर खोँचमा अड्किएका शिक्षकको हेलिकोप्टरबाट उद्धार गर्ने तयारी

spot_img

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ मा रहेको नाकुटे हेलम्बु खोलामा नुहाउने क्रममा चिप्लिएर खोँचमा अड्किएका शिक्षक केशव सिवाकोटीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको छ । सिवाकोटी हिजो नुहाउने क्रममा चिप्लिएर १ सय पचास मिटर तल खोँचमा अड्किएका थिए । 

आज बिहानै खोजतलासको क्रममा उनी जिवितै रहेको एकिन भएपछि सेनाको हेलिकोप्टर मगाएर उद्धार गर्ने प्रयास भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रामेश्वर यादवले जानकारी दिए । 

स्थानीयले हिजो साँझदेखि खोजतलास गरिरहेको भए पनि आज विहान मात्र उनलाई नाकुटेको खोँचमा हात हल्लाइरहेको अवस्थामा देखेका थिए । मानिस उक्त स्थानमा गएर उद्धार गर्न असम्भव भएपछि सेनाको हेलिकोप्टर मगाइएको प्रहरी उपरिक्षक यादवले बताए । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img