spot_img

चुनाव प्रचारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

spot_img

१ मंसिर, काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आजसम्म प्रचारप्रसार गर्न पाउँछन्।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका लागि समय दिएको थियो।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन् । त्यसपछि मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन ।

यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यसैबीच, निर्वाचनका लागि सुरक्षा रणनीति पनि तयार भइसकेको छ । जसअनुसार अतिसंवेदनशील मतदानस्थलमा हवाई गस्तीको पनि व्यवस्था गरिएको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img