spot_img

जुवा खेलिरहेका १५ जना प्रहरीको फन्दामा

spot_img

ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-११ मंगलबजार मनिडोलस्थित केदारमान ब्यञ्जनकारले सञ्चालन गरेको खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

उक्त पसलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय  रुपैयाँ र ६ वटा पासा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img