spot_img

ठगी गरेको आरोपमा एक जना पत्रकार पक्राउ

spot_img

काठमाण्डौ- नेपाल प्रहरीले विभिन्न कम्पनीको नक्कली छाप र दस्तखत प्रयोग गरी ठगी गरेको आरोपमा एक जना पत्रकारलाई पक्राउ गरेको छ।

प्रहरीले ठगी आरोपमा ललितपुरको सातदोबाटो बस्ने ‘तिखोकलम डटकम’ का पत्रकार २१ वर्षीय वासुदेव अर्याललाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनले प्युठानका प्रकाशराज भण्डारीले त्रिपुरेश्वरमा सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिको नाममा नक्कली छाप र भण्डारीको नक्कली दस्तखत बनाएर ठगी गरेका थिए । 

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अर्यालले भण्डारीको दस्तखतसहितको चेक फेला पारेर नक्कली दस्तखत र कम्पनीको नक्कली छाप बनाएर ठगी गरेको पाइएको जानकारी दिनुभयो । 

अर्यालले नक्कली छाप र दस्तखत प्रयोग गरी अहिलेसम्म १० लाख ३५ हजार रुपैयाँ रकम निकालेको अनुसन्धानमा खुलेको प्रवक्ता मैनालीले बताउनुभयो । अर्याल ‘तिखोकलम डटकम’ नामक सञ्चार संस्थामा आबद्ध भएका प्रहरीले जनाएको छ ।

अर्यालबाट प्रहरीले पत्रकार परिचयपत्र, सरोज डङ्गोलको नामको गाडीको लाइसेन्स, विभिन्न बैंकको चेक दुई थान, विभिन्न कम्पनी तथा संस्थाको छाप आठ थान, विभिन्न व्यक्तिको दस्तखत भएको डायरी आठ थान, विभिन्न कम्पनीका सिमकार्ड १६ थान र मोबाइल दुई थान बरामद गरेको छ ।

प्रहरीले अर्यालमाथि मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को परिच्छेद–२५ को दफा–२७६ ‘लिखतसम्बन्धी कसुर’ अन्तर्गत काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img