दाउरा झिक्न सप्तकोसी नदीमा गएका सुनसरी बराह क्षेत्रका अमर विष्ट बेपत्ता भएका छन। नदीमा डुंगा पल्टदा विष्ट बेपत्ता भएका हुन।
बराहक्षेत्र नगर पालिका वडा नं २ स्थित सप्तकोशी नदीमा डुंगा पल्टिँदा स्थानीय दुर्गा काफ्ले,टिकाराम वस्नेत,नितेस बस्नेत नदीमा डुबेका थिए। उनीहरुको उद्धार गरिएको स्थानीय हिमाल राईले बताए।
उनीहरु सप्तकोशी नदीमा काठे डुंगा लिएर दाउरा खोज्न जाने क्रममा डुंगा पल्टिएको सशस्त्र प्रहरी बेस क्याम्प चतराका प्रहरी निरीक्षक निगम राईले जानकारी दिए। बेपत्ता विष्टको खोजी भइरहेको छ।
विष्टको खोजी तथा उद्धार लागि गोताखोर टोली परिचालन गरिएको राईले जानकारी दिए।