spot_img

ढुंगाले हिर्काएर कलंकीमा एक जना महिलाको हत्या

spot_img

काठमाडौंको कलंकीमा एक जना महिलाको हत्या भएको छ। शनिबार एक महिलाको हत्या भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए।

उनीमाथि ढुंगाले हिर्काएर हत्या भएको हो। कलंकीको फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीमाथि बिहान करिब ८ बजेतिर ढुंगा प्रहार भएको हो।

टाउकोमा ढुंगा प्रहार हुँदा उनलाई नेपाल नेशनल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हत्या आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको छ।

उनलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img