spot_img

तनहुँमा व्यास खुला म्याराथन हुने

spot_img

तनहुँको व्यास नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुधबार बिहान तेस्रो महिला हाफ खुला म्याराथन हुँदैछ ।

उक्त म्याराथनमा भाग लिन ४६ धावकले नाम दर्ता गराएका छन् । उनीहरुलाई आज प्रशिक्षणसमेत दिइएको छ । म्याराथन दौडिने क्षेत्र व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसूरबारे उनीहरुलाई जानकारी गराइएको व्यासका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

व्यास गुफादेखि सफासडक हुँदे तालघरे, मुसेखोला, घाँसीकुँवा, परासर मार्गको सेरा, बेलटारी, अर्चलचौर, धरमपानी हुँदै तनहुँसुर दरबार पुगेर दौड सम्पन्न हुनेछ । प्रतियोगितामा प्रथम हुने धावकले रु ४१ हजार, द्वितीयले रु ३१ हजार, तृतीयले रु २१ हजार तथा सान्त्वना पुरस्कार स्वरुप तीनजनालाई जनही रु ११ हजार प्रदान गरिने  व्यास नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। 
धार्मिक र ऐतिहासिक क्षेत्र जोड्न तथा पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले म्याराथनको आयोजना गर्दै आएको उनले  बताए । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img