spot_img

धारिलो हतियारले घाँटी रेटि १८ वर्षीय युवकको बिभत्स हत्या

spot_img

सर्लाही– सर्लाहीको हरिपूर्वामा एक जना युवकको हत्या भएको छ । हरिपूर्वा नगरपालिका–३, धनकौल टोल बस्ने रामसोगारथ रायको छोरा १८ वर्षीय सुशीलकुमार यादवको हत्या भएको हो । 

सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको चर्पी निर्माणका लागि खनिएको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अध्ययन गरिरहेको जनाएको छ । भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर आएका थिए । गत शुक्रबारदेखि उनी घरबाट बेपत्ता भए पनि परिवारले प्रहरीलाई खबर गरेको थिएन ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img