spot_img

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

spot_img

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज सोमबार अपरान्ह ४ बजे राष्ट्रपति निवास शितल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ।प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिले शपथ खुवाउने कार्यक्रम छ।

प्रचण्ड एमालेसहित ७ दल र केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। प्रचण्डले आज सानो आकारमा मन्त्रिमण्डल पनि गठन गर्ने सम्भावना छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img