spot_img

पल शाह प्रकरणकी नाबालिग भन्छिन्–क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन

spot_img

काठमाडौं- पल (पूर्णविक्रम) शाह प्रकरणमा ‘पीडित किशोरी’ले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम नलिने बताएकी छन् ।

फेसबुकमा मंगलबार बेलुका स्टाटस लेख्दै ती किशोरीले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी छन् ।

यसैसाता नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको आरोपमा कलाकार शाहलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । तर, बलात्कारको मुद्दामा पलले सफाइ पाएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा नाबालिग लेख्छिन्,मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार ! यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो। सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो  समस्यालाई नियालिदिनुहोला। बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति  बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी  आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img