spot_img

पार्टीभित्रको विवादले आत्तिनु पर्दैन : माधव नेपाल

spot_img

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र बहस र विवाद हुँदा आत्तिनुपर्ने अवस्था नभएको बताएका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा विवाद हुन्छ भनेर कतिपय तर्किने गरेको सुन्नमा आएको समेत बताएका हुन्।

उनले भने, ‘अहिले हामी पार्टीको चौथो बैठक बसिरहेका छौँ। पार्टी विधानलाई ध्यानमा राखेर अगाडि बढेका छौँ। बैठकमा बस्दा विषयवस्तुमा छलफल गर्दा बहस विवाद हुन्छ। तर्क वितर्क हुन्छ। आत्तिनुपर्ने छैन।

विवाद हुन्छ भन्ने कतिपय तर्किने गरेको सुन्नमा आएको छ। बैठक भनेको झ्याउ हो भनेर टार्ने गरेको विभिन्न स्तरमा रहेको सुन्नमा आएको छ। बैठक छल्नुपर्दैन।’

एमालेबाट विद्रोह गरेर आयोगबाट वैधानिकता हासिल गरेर सबै गतिविधिलाई अगाडि बढ्दा छोटो समयमा राम्रो उपलब्धि प्राप्त गरेको उनले बताए ।

आ–आफ्नो प्रदेश, जिल्ला, पालिका वडा तहसम्म निर्माण गरेको कमिटी र संगठन चलायमान बनाउन निर्देशन समेत दिएका छन् ।कम्युनिष्ट पार्टीमा आलोचना र आत्मालोचना पद्धति स्थापित भएको समेत उनको भनाइ छ । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img