spot_img

पेट्रोलियम पदार्थको मूल्य घट्न सक्ने !

spot_img

काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो पटक पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने सङ्केत गर्नुभएको छ ।

करका दरहरूमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार त्यहीअनुसार अघि बढ्न सक्ने बताउनुभएको हो । 

आज बिहीवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विद्युतको खपत बढाएर पनि पेट्रोलियम पदार्थको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ । कर समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउनेतर्फ संसदमा कुरा उठेको छ ।

मन्त्री बडूले विद्युत् खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबीसमेत गर्नुभयो । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img