spot_img

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोटमा सहमति,बहुमतसहित राष्ट्रपति कार्यालयमा जाने तयारी

spot_img

काठमाण्डौ- सरकार गठनको बारेमा दलहरूबीच सहमति जुटेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ओली, माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी लगायतका नेताहरूको बैठकले सरकार गठनको विषयमा सहमति जुटाएको हो ।

आफूहरूको साथमा एक सय ६६ जना सांसद हुने एमाले र माओवादीको दाबी छ । सहमतिअनुसार अहिलेलाई प्रचण्ड प्रधानमन्त्री बन्नुहुनेछ, त्यसपछि एमालेले प्रधानमन्त्री पाउनेछ ।

त्यसअघि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि माओवादीका अध्यक्ष प्रचण्ड नयाँ गठबन्धन बनाउने भन्दै एमाले अध्यक्ष ओलीको निवास बालकोटमा पुग्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमतसहित नयाँ सरकारको गठन गर्न दिएको एक हप्ताको समय आजै बेलुका ५ बजे सकिँदैछ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img