spot_img

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता,के भयो छलफल ?

spot_img

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच कुराकानी भएको छ। प्रचण्डलाई भेट्न हमाल शुक्रबार बिहान उनको निवास खुमलटार पुगेका थिए।

उनीहरूबीच समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी कलाकार चेतन सापकोटाले बताए।‘उहाँहरूबीच अहिलेसम्म भेट भएको थिएन। दुबैले भेट्न चाहनुभएको थियो,उनले भने,मैले त्यसको संयोजन गरेको हो।

राजेशदाइले अध्यक्षसँग केही राजनीति र केही सिने क्षेत्रका कुरा गर्नुभयो।’प्रचण्ड र हमालबीच २० मिनेट एक्लाएक्लै कुराकानीसमेत भएको थियो।

देशमा राजनीतिक परिवर्तन भएको र जनतामा चेतनाको स्तर बढेको भन्दै राजनीतिक र सामाजिक आन्दोलनमा प्रचण्डले खेलेको भूमिकाको हमालले प्रशंसा गरेका थिए।

अहिलेको परिवर्तनलाई संस्थागत गर्दै समृद्धि ल्याउन भने बाँकी नै रहेको उल्लेख गर्दै हमालले जनताले अपेक्षा  गरेअनुसारको विकास नपाएको बताएका थिए।

हमालले प्रचण्डसँग राष्ट्रले सम्झिए आफू सेवा गर्न तयार रहेको बताएका थिए। तत्काल राजनीतिमा आउने सोच नरहे पनि आउँदै आउँदिनँ भन्ने पक्षमा पनि आफू नरहेको हमालले बताएको सापकोटाले उल्लेख गरे।

नेपाललाई विदेशी चलचित्रको सुटिङका लागि हब बनाउन सकिने भन्दै त्यसका लागि नेपाली कला संस्कृति अनि प्राकृतिक दृश्यलाई विश्वमा चिनाउन जरूरी रहेको हमालले बताएका थिए।

जवाफमा प्रचण्डले हमाललाई आफूले बौद्धिक अनि अध्ययनशील कलाकारको रूपमा बुझेको बताएको सापकोटाले जानकारी दिए।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img