spot_img

प्रतिनिधि सभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची

spot_img

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ।

बैठक बिहान ११ बजे शुरु हुनेछ। आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताववमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र भीम रावलले प्रस्तुत गरेको बिरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता विधेयक २०७९ पेस गर्नेछन्। यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ।

यस्तै राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रश्तुत गर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने छन्।

उनले राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरि स्वास्थ्यमन्त्री खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन)विधेयक २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रश्तुत गर्ने र राष्ट्रिय सभामा उत्पत्ति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img