प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री देउवाले मतदान गरेका हुन् । देउवा डेडलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् ।
त्यस्तै,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती मावि ९ख० मतदान केन्द्रबाट मतदान गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेता पौडेलले सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताए।
त्यस्तै,नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका छन्। रौतहट सदरमुकाम गौरस्थित श्रीरामजानकी कन्या आधारभुत विधालय मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन्। यसपटक पनि उनी सोही क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्।
त्यस्तै,राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय केन्द्रबाट मतदान उनले गरेका हुन् ।थापा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका छन् । उनको मुख्य प्रतिस्धर्पी सत्ता गठबन्धनकी डीना उपाध्याय रहेकी छन् ।






