spot_img

प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाई

spot_img

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।

सभापति देउवाले आज फोन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाई दिएका हुन्।सभापति देउवाले फोन गरेर प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

‘सभापति देउवा र कांग्रेसका नेताहरूले फोन गरेर प्रचण्डलाई बधाई दिनुभएको छ,’ पेरिसडाँडामा आज पत्रकारहरूसँगको कुराकानीमा महराले भने, ‘कांग्रेसका नेताहरूले प्रचण्डलाई बधाई दिँदै तपाईं हाम्रो पनि प्रधानमन्त्री हो भन्नुभएको छ।’

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड नेकपा एमालेसहितका समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । उनले आज  सोमबार सपथ लिँदै छन् ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img