spot_img

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्वकपको उपाधि

spot_img

काठमाडौँ- फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार कतारको लुसाइल रंगशालामा सम्पन्न फाइनल खेलमा टाईब्रेकरमा फ्रान्सलाई ४-२ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । निर्धारित समयसम्म खेल ३-३ को बराबरी भएपछि खेल टाईब्रेकरमा गएको हो ।

टाईब्रेकर अघि अर्जेन्टिनाका लागि लियोनल मेसीले दुई गोल गरे भने डि मारियाले एक गोल गरे । फ्रान्सका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरे ।

अर्जेन्टिनाका लागि खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कप्तान लियोनल मेसीले सुरुवाती अग्रता दिलाए । फ्रान्सका ओस्मान डेम्बेलेले डि मारियालाई डी बक्सभित्र लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए ।

३६ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । लियोनल मेसीले मार्क एलिस्टरलाई चलाखीपूर्ण पास दिए । त्यसपछि एलिस्टरले मार्कमा रहेका डि मारियालाई बल उपलब्ध गराए । डि मारियाले उक्त बललाई गोलमा परिणत गरे ।

दोस्रो हाफमा फ्रान्स खेलमा फर्कियो । ८० औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २-१ को स्थितीमा ल्याए । त्यसको दुई मिनेटपछि अर्थात् ८२ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए । निर्धारित समयसम्म खेल २-२ को बराबरीमा रहँदा खेल अतिरिक्त समयमा धकेलियो ।

१०९ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै खेल ३-२ को अवस्थामा लगे । तर, ११७ औं मिनेटमा किलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई ३-३ को अवस्थामा ल्याएका थिए ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img