spot_img

बाबुराम भट्टराई पक्षले छुट्टै भेला गर्दै

spot_img

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले छुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्। भट्टराई पक्षले आज बिहान साढे ११ बजे काठमाडौंको जडिबुटीमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन्। 

बाबुरामनिकट नेता विश्वदीप पाण्डेका अनुसार बिहीबारसम्म चल्ने बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल हुनेछ।

छलफलका एजेन्डा पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको उनले बताए। बैठकमा बाबुरामले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी छ।

यस्तै जसपाको उपेन्द्र यादव समूहले बिहीबारदेखि वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। पछिल्लो समय जसपामा उपेन्द्र र बाबुराम पक्षबीच बिबाद बढेको थियो। 

पार्टीका निर्णयमा यादवले एकलौटी गरेको भट्टराईको आरोप थियो। उनले पार्टीको विधानअनुसार अर्को अध्यक्ष चयन गर्न माग गरेका थिए। त्यसका लागि यादव तयार भएका थिएनन्। 

गत वर्ष भदौमा जसपा विभाजन भएर महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि एक अध्यक्ष रिक्त थियो।

यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्तिबीच २०७६ वैशाखमा एकता भएको थियो।

एकतापछि संघीय समाजवादी पार्टी बनेको थियो। संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो। 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img