spot_img

भक्तपुरको कुखुरा फार्ममा भेटियो बर्डफ्लु

spot_img

भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ। चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीनवटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ। 

रातोपाटीस्थत तीन फार्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ। विभागका अनुसार सो स्थानमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img