spot_img

मङ्कीपक्सबाट दुई जनाको मृत्यु

spot_img

मङ्कीपक्स भाइरस सङ्क्रमणका कारण ब्राजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ। त्यसको केहीबेरमा स्पेनले समेत सङ्क्रमणबाट पहिलो मृत्यु घोषणा गरेको छ, जुन युरोपमै पहिलो घटना हो।

गतसाता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने ती व्यक्ति लिम्फोमा भनिने एक प्रकारको क्यान्सरबाट पीडित रहेको र कमजोर प्रतिरक्षा प्रणाली, तथा एउटा भन्दा धेरै रोगले ग्रसित अवस्थामा रहेको बताएको छ।

ब्राजिलमा अहिलेसम्म मङ्कीपक्सबाट १ हजार ६६ सङ्क्रमित पुष्टि भएका र ५१३ जना सन्दिग्ध बिरामी रहेको बताइएको छ। स्पेनको स्वास्थ्य मन्त्रालयले आफ्नो एउटा विवरणमा ३ हजार ७५० सङ्क्रमित जानकारीमा रहेको जनाएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img