सोलुखुम्बु । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ ।
बिहान ९ : ५२ मा सुर्केबाट उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिइन् । ‘च्यानडाँडामा चौरी गोठालाहरुले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन् । ६ जना चढेका रहेछन्,’ कार्कीले भनिन् ।
सोलुखुम्बुको लुक्ला नजिकै रहेको सुुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्क विहीन भएको थियो।
सुर्के हेलिप्याड बाट विहान १० बजेर ५ मिनेटमा उडेको मनाङ एयरको नाईन एन ए एम भि कलसाईनको हेलिकप्टर हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।