spot_img

यसकारण रोकियो नेपाल र युएईबीचको खेल

spot_img

मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिएको छ। किनरारा एकेडेमी ओभलमा भइरहेको खेल वर्षा कारण रोकिएको हो।

यसअघि आश्मिना कर्माचार्यले युएईको ५ विकेट लिएपछि फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको छ। मलेसियामा जारी एसिसी महिला टी २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपालले ८२ रनको लक्ष्य दिएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई १९।५ ओभरमा अलआउट हुँदै ८१ रनमा समेटियो। उसका लागि वैष्णव महेशले सर्वाधिक १६ रन बनाइन्। इशा ओझाले १५ रन बनाउँदा कप्तान छायाँ मुगहालले १४ रन जोडिन्। यस्तै खुसी शर्माले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

युएईलाई मध्यम योगफलमा रोक्न नेपालका लागि आश्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिइन्। ईन्दु बर्माले ३ विकेट लिँदा सीता रानामगरले २ विकेट हात पारिन्।

३.५ ओभर बलिङ गरेकी आश्मिनाले १० रन खर्चिएर ५ विकेट लिएकी हुन्। यस्तै इन्दु बर्माले ४ ओभरमा १६ रन खर्चिइन्। यस्तै सीताले ४ ओभरमा १९ रन खर्चिइन्। कप्तान रूविना क्षेत्रीले ४ ओभरमा १२ रन खर्चदै किफायती बलिङ गरिन्।

संगीताले २ ओभरमा १० रन खर्चिँदा कविता कुँवरले २ ओभरमा १३ रन खर्चिइन्। यदि आज नेपालले युएईलाई हराए एसिया कप खेल्न पाउनेछ। प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन्।

रूविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। यता जारी प्रतियोगितामा राम्रो लयमा देखिएको युएई अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो। यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि भिड्नेछन्।

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img