spot_img

रक्तदान जागरण गीतको लोकार्पण

spot_img

काठमाडौ। नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा १७औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस शनिबार काठमान्डौमा सम्पन्न भएको छ ।

“रगत र रक्त-तत्त्व उपलब्ध गराउनु हामी सबैको कर्तव्य, नि:शुल्क रगत वितरण गर्नु सम्बन्धित निकायको दायित्व” भन्ने मूल नाराका नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

FB IMG 1675019985547 1

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यको रचना , मनराजा नकर्मीको सङ्गीत र विभिन्न गायक गायिकाद्वारा स्वर बद्ध रक्तदान जागरण गीतको लोकार्पण गरिएको छ।

रक्तदान जागरण गीत
“रगतको महिमा अपरम्पार
रगत नै बुझ जीवन आधार
आऊ रक्तदान गरौँ,आऊ रक्तदान गरौँ
जीवन बचाउने सही कार्य यही बुझौँ

रगत बिना कहाँ हुन्छ जगत्
रगत बुझ्ने हामी बनाऔँ जगत्
आऊ रक्तदान गरौँ,आऊ रक्तदान गरौँ
जीवन बचाउने सही कार्य यही बुझौँ

रगत स्वस्थ हुनुपर्छ सजक
रगतले पार्छ जीवन अथक
आऊ रक्तदान गरौँ,आऊ रक्तदान गरौँ
जीवन बचाउने सही कार्य यही बुझौँ”

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img