spot_img

रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता,के–के भयो छलफल ?

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान कफी भेटघाटमा समसामयिक राजनीतिका विषयबारे छलफल भएको रमेश खरेलले जानकारी दिए । 

लामिछानेले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपनि खरेलसँग भेटवार्ता गरेका हुन् । उनले भने, ‘भेटघाट भइहाल्छ । सामान्य भेटघाट हो । कफी भेट भनेर बुझौन ।’

अब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग कफी भेटघाटको तयारीमा रहेको उनले बताए । लामिछानेसँगको भेट पनि कफी भेटघाट नै भएको खरेलले बताए ।

भेटघाटका क्रममा आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको उनले बताए ।  खरेल आगामी संसदीय चुनावमा काठमाडौं–१ बाट उम्मेदवारी दिने तयारीमा छन् भने लामिछानेले उपयुक्त समयमा निर्वाचित क्षेत्र तय गर्ने बताउँदै आएका छन् ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img