spot_img

रामेछापमा बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु

spot_img

रामेछाप -रामेछापको लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बिहान काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस करिब १० बजेतिर खाँडादेवी र सुनापतिको सिमानामा बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार थिङका अनुसार पाँच जना पुरुष र चार जना महिला घटनास्थलमै मृत फेला परेका हुन् । घटनास्थलबाट २३ जना घाइतेको उद्धार गरी उपचारका लागि धुलिखेल पठाइएको उनले बताए ।

यसैबीच ३ जना गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए । उनका अनुसार अग्लो भीरको घुम्तीबाट बस तल दुर्घटनाग्रस्त भएको खबर आएको छ ।

यस घटनाबारे रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङसँग बुझ्दा यात्रुबहाक बस दुर्घटना भएको र आफूहरु घटनास्थलमा जाँदै गरेको बताइन् । त्यस्तो दुर्घटना हुने ठाउँ त थिएन ।

बिहान हामी त्यही बाटो आएका थियौं,जिल्ला कार्यालयकी सूचना अधिकारी समेत रहेकी गुरुङले भनिन्,धेरै नै हाताहाती भएको भन्ने पनि खबर आएको छ । हामी स्थलगत बुझ्न जाँदै छौं ।

सुनापति–३ हिलेदेवी स्वाराबाट उक्त बस काठमाडौंका लागि छुटेको थियो । बस के कारणले दुर्घटनामा परेको हो भन्ने बारे थप विवरण आउन बाँकी छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img