spot_img

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा चिनियाँ राजदूतले भेटे माधव नेपाललाई

spot_img

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सङले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।


अध्यक्ष नेपाललाई भेट्न राजदूत सोङ बुधबार दिउँसो नेपाल निवास कोटेश्वर पुगेका हुन् ।


भेटमा अध्यक्ष नेपालले राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन्।


उनीहरुबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको नेता नेपालको सचिवालयले जनाएको छ ।


बुधबारमात्रै राजदूत सोङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए। गत शुक्रबार साँझ राजदूत सङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img