spot_img

राष्ट्रपति निर्वाचनमा एमालेलाई हराएरै छाड्छौँ : गगन थापा

spot_img

काठमाडौँ- कांग्रेस महामन्त्री गगन थापाले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन्। महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउन आफूहरूले सक्दो प्रयास गर्ने कुरा स्वाभाविकै भएको जिकिर समेत गरे। 

बुधबार काठमाडौंमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्करणको सवाल विषयक विचार गोष्ठीमा धारणा राख्दै महामन्त्री थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए त्यस्तो राष्ट्रपति कठपुतली हुने र संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका हुन् ।

उनले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवारलाई हराउने र आफ्ना उम्मेदवारको पक्षमा भोट माग्ने बताए । थापाले पाँच वर्षका लागि भनेर गएका दलले प्रधानमन्त्रीको बाहानामा गठबन्धन जोगाउन नसक्नुमा जनतासामु क्षमा माग्नुपर्ने धारणा राखे ।

उनले पुस १० गते एमालेले कांग्रेसलाई धोका दिएको आरोप लगाए । महामन्त्री थापाले रास्वपालाई जनताले कल्पना गरेभन्दा धेरै मत दिएको भन्दै उक्त पार्टीले जनतालाई सरकारमा जानु र बाहिरिनुको जवाफ दिनुपर्ने उल्लेख गरे ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img