काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घुस मागेको अडियो सार्वजिनक भएपछि सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ । श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
अडियोमा श्रेष्ठले भनेका छन्,’बाहिर त महामन्त्री नै हो। अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई तीन जना चाहि छुट्टै हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षण देखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन् फेरि। दुई/साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन्।’





